Breaking News

नेपालमा पनि मोबार्इल फोन बिमा सेवा सुरु

काठमाण्डाै, १ असाेज । नेपालमा मोबाईल फोन बिमासम्बन्धी सेवा पनि संचालनमा आएको छ ।

मेरो सुरक्षा प्रा.लि. र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मोबाईल फोन बिमासम्बन्धी सेवा संचालन गर्ने समझदारी भएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सो सेवा लिन मोबाईल फोन धनीले आफ्नो मोबाईलको मूल्यको ५ प्रतिशत रकम बिमाका लागि प्रिमियर इन्स्योरेन्स कम्पनीमा बुझाउनुपर्नेछ ।

मोबाईल फोन बिमा गरेपछि कम्पनीले एक वर्षसम्म सो मोबाईल फुटेमा, आगो वा पानीले मोबाईलको भौतिक क्षति भएर नचल्ने भएमा वा हराए /चोरी भएमा मेरो सुरक्षा प्रा.लि.ले पहिलेको मोबाईलको डाटासहित नयाँ मोबार्इल सेट उपलब्ध गराउने मेरा सुरक्षा प्रा.लिका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले जानकारी दिए ।

कम्पनीले मोबाईल फोन बिमा कार्यक्रमका लागि महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर पनि नियुक्त गरेको छ ।

shares