Breaking News

सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको परिवारको दाबी

काठमाडौं, १ असोज । मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको उनकाे परिवारले दाबी गरेका छ ।

रिपोर्टर्स क्लबमा साेमबार पीडित परिवारले पत्रकार सम्मेलन गरी साे कुरा बताएका हुन् । मृतकका बुबा अजुर्न उप्रेतीले प्रेस विज्ञप्ती वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानून अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन् । मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकी छिन् ।

त्यस्तै पत्रकार सम्मेलनमा साउन १५ गते राती हत्या गरिएको आरोप लगाउँदै मृत्तक उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घट्नाका प्रमाणहरू प्रहरीले नै नष्ट गरेको अाराेप लगाए । उनले शक्तिशाली अनुसन्धान आयोग गठन गर्न सरकारसँग माग गरे ।

त्यस्तै, उदयनारायण सापकोटाले उक्त घट्ना भएको स्थानमा भेटिएका छुरा र काँडे लठ्ठीसमेत प्रहरीले बरामद नगरेको भन्दै मृतक उप्रेतीको न्यायका लागि मोरङमा आन्दोलनको राँको बालिने चेतावनी दिए ।

उनले भने, “पछिल्लो समय मुलुकभर बलात्कार र हत्याका श्रीङ्खलाबद्ध घट्नाहरू बढिरहेका छन्, निर्मलाका हत्यारालाई कारबाही गर्न भन्दै सडकमा ओर्लेका अर्को एकजना मानिसले ज्यान गुमाउनुपर्यो, त्यस्तै हामीले पनि सौरभको मृत्युलाई न्यायमा परिणत गर्नको लागि गोली खानुपर्छ भने तयार छौं ।”

मृतक उप्रेतीकी बहिनी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेकी छिन् । उनले भनिन्, “मेरो भाइको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होइन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरू नष्ट गरेर काल्पनिक रूपमा आत्महत्या गरेको भनेर भन्छ, प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौं भने हामी कहाँ जाने ?”

एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत बारा कोल्हवीका सौरभ १६ साउनमा मृत भेटिएका थिए । उनको घाँटीमा ल्यापटपमा प्रयोग हुने तार बेरिएको थियो ।

shares