Breaking News

मौलिक हकको कार्यान्वयनबाट सामाजिक विभेद तथा असमानता हटाउन सहज हुनेछः मन्त्री ढकाल

काठमाण्डाै, १ असाेज । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मौलिक हकलाई कार्यान्वयन गर्न बनेका ऐनको कार्यान्वयनबाट सामाजिक विभेद तथा असमानता अन्त्य गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री ढकालले संसदबाट मौलिकहकसंग सम्बन्धित १६ वटै विधेयक समयमै पारित गर्न सकेको भन्दै खुसीसमेत व्यक्त गरे । मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी मन्त्री ढकालले विधेयक पारित हुनु खुसीको कुरा भएको भन्दै कार्यान्वयनको तहमा थुप्रै चुनौतीहरू रहेको पनि जिकिर गरे ।

२ असोजसम्म मौलिकहकसँग सम्बन्धित सबै विधेयक पारित भइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार संघीय संसदबाट सबै विधेयक पारित भइसकेका छन् । ती विधेयकहरू राष्ट्रपतिबाट प्रमाणिकरण भई ऐनका रूपमा असोज ३ देखि कार्यान्वयनको चरणमा जानेछन् ।

साथै मन्त्रालयले आगामी दिनमा मन्त्रालयको नियमित कामको अतिरिक्त तीनै तहबीच अन्तरसम्बन्धित विषयहरूमा सहजकर्ताको भूमिका निभाउने पनि जनाएको छ ।

shares