Breaking News

सरकारका निर्णयहरू न्यायालयले धमाधम उल्टाएकोप्रति नेकपाकाे आपत्ति

काठमाण्डाै, १ असाेज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकारका निर्णयहरू न्यायालयले धमाधम उल्टाएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विषेश समयमा (नेकपा) की सांसद पम्फा भुसालले डेढ–दुई महिना अनुसन्धान गरेको सुनकाण्डका अभियुक्तहरूलाई समेत अदालतले साधारण तारेख वा न्यूनतम धरौटीमा छाडेको भन्दै न्यायलयले परिर्वतनलाई स्वीकार गर्न नसकेको बताइन् । त्यस्तै न्यायपालिकाले लोकतन्त्र र जनमतलाई स्वीकार गर्न नसकेको समेत बताइन् ।

उनले राज्यका न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वयनमा नै मुलुकलाई अघि बढाउनुपर्ने धारणा पनि राखिन् । सरकारले गर्ने निर्णय कतिपय भोलि, कतिपय एक हप्ता र कतिपय महिना दिनमा उल्टाइने गरेको भन्दै उनले परिर्वतनलाई स्वीकार गर्न अपील पनि गरिन् ।

उनले अहिले मुलुकमा भइरहको हिंसात्मक घटनाले त्रास उत्पन्न भएको भन्दै यसको नियमसंगत ढंगले अपराधी खोजी गर्न राज्य गम्भीर हुनुपर्ने धारणा पनि राखिन् ।

shares