Breaking News

‘म्याङ्कुट’ अाँधीकाे कारण दक्षिणी चीनकाे जनजीवन अस्तव्यस्त

काठमाण्डाै, १ असाेज । फिलिपिन्समा दर्जनाैं मानिसकाे ज्यान लिएपछि टाइफुन म्याङ्कुट नामक शक्तिशाली अाँधी दक्षिण चीन हुँदै अघि बढ्दा त्यहाँकाे जनजीवन अस्तव्यस्त भएकाे छ ।

केही दशकयता यस क्षेत्रमा अाएकाे सबैभन्दा शक्तिशाली उक्त अाँधीले उच्च जनघनत्व भएकाे ग्वाङडाेङ प्रान्तमा दुर्इ जनाकाे मृत्यु भइसकेकाे सरकारी सञ्चारमाध्यमले उल्लेख गरेकाे छ । ग्वाङडुङ र हैनान टापुबाट पच्चीस लाख मानिसलार्इ सुरक्षित स्थानमा सारिएकाे र उच्च सतर्कता अपनाउन भनिएको छ ।

अाँधीकाे कारण हङकङमा गगनचुम्बी घरहरूका झ्यालहरू उडेका छन् भने बजार बन्द भएकाे छ । चीन प्रवेश गरिसकेकाे साे अाँधीले चीनका गुइझाउ, चाेङक्विङ र युनानजस्ता विभिन्न भूभागहरूमा प्रभाव पार्ने अांकलन गरिएकाे छ ।

टाइफुन म्याङ्कुटले निम्त्याएकाे पहिराेकाे कारण फिलिपिन्सकाे एक खानीमा काम गर्ने ३३ जना कामदारकाे मृत्यु भइसकेकाे छ भने २९ जना हराइरहेका छन् । फिलिपिन्समा मात्रै मृतककाे संख्या एकसय नाघ्ने इताेगाेनका मेयर भिक्टाेरियाे प्यालाङडानले बताए ।

shares