Breaking News

कर्णालीका मुख्यमन्त्रीसहित पाँच सदस्यीय टोली चीन भ्रमणमा जाने

सुर्खेत, १ असाेज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित ५ सदस्यीय टोली चीन जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले मुख्यमन्त्रीसहितकाे टाेलीकाे  ५ दिने चीन भ्रमण स्वीकृत गरेपछि कर्णाली प्रदेश सरकारले चीन भ्रमणमा गरिने क्रियाकलापको आन्तरिक तयारी सुरु गरेकाे छ । असोज ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सांसद धर्मराज रेग्मी, भाषा सहजकर्ताको भूमिकामा पुण्य रेग्मी र मणि चौंलागाई चीन भ्रमणमा जाने निश्चित भएको आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको सबै खर्च आयोजक सिचुवान प्रान्तले व्यहोर्ने र अन्य ३ जनाले आफैंले प्लेन टिकटको खर्च व्यहोर्ने मन्त्री ज्वालाले बताए । तर, चीनमा रहँदाकाे अन्य खर्च भने सबै आयोजकले व्यहोर्ने बताइएकाे छ ।

चीनको सिचुवान प्रान्तले आयोजना  गरेको अन्तर्राष्ट्रिय फोरमको एक कार्यक्रममा सहभागी हुन उनीहरू चीन जान लागेका हुन् । चीन सरकारसँग हिल्सादेखि कोहलपुर जोड्ने कर्णाली प्रदेशका लागि लाइफलाइन मानिएकाे सडकमा लगानी गरिदिन कर्णाली प्रदेश सरकारकाे तर्फबाट अाग्रह गरिने मन्त्री ज्वालाले बताए ।

shares