Breaking News

कर तिर्न जाउँजाउँ लाग्ने वातावरण बनाउन अर्थमन्त्रीकाे अाग्रह

काठमाण्डाै, १ असाेज । अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन् ।

अर्थमन्त्री खतिवडाले कर असुलीमा कसैले औंला ठड्याउन नपर्ने गरी काम गर्न कर प्रशासनका कर्मचारीहरूलाई सचेत गराएका हुन् । सोमबार काठमाडौंको बबरमहलमा स्थापना गरिएको मध्यमस्तरीय करदाता कार्यालयको उद्घाटन गर्दै उनले कर दातालाई कर तिर्न जाउँजाउँ लाग्ने वातावरण बनाउन पनि करदाता कार्यालयहरूलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले कर प्रणालीलाई लगानीमैत्री बनाएर करको दायरा बढाउन सरकार सजग र सचेत रहेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सबै व्यवसायिक संघ, संस्थाहरूलाई करको दायरामा ल्याउन कर कार्यालयहरूको स्थापनामा सरकारले जोड दिएको पनि स्पष्ट पारे । मन्त्रीपरिषदको गत असार २० गतेको निर्णय अनुसार सरकारले मध्यम स्तरीय करदाता कार्यालय स्थापना गर्न सुरु गरेको हो । २५ देखि ८० करोडसम्म कारोबार गर्ने व्यवसायीहरूको कर असुली गर्ने अधिकार मध्यमस्तरीय करदाता कार्यालयलाई दिइएको छ ।

shares