Breaking News

सौरभ उप्रेतीको हत्या दाबी गर्दै अनुसन्धान गरिदिन परिवारले गरे काठमाडौंमा प्रदर्शन

काठमाण्डाै, ३१ भदाै । विराटनगरको नोबेल मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत बाराको कोल्भी नगरपालिका–८ का सौरभ उप्रेतीको हत्या दाबी गर्दै अनुसन्धान गरिदिन उनका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंको माईतिघरमा प्रदर्शन गर्दै मृतकका परिवारले उच्चस्तरीय छानबिनको माग पनि गरेको छ । एमबीबीएस अध्ययनरत सौरभ १६ साउनमा मृत भेटिएका थिए । प्रदर्शन मृतकका बाबुले मृत्युको प्रकृति र घटनास्थलको अवस्थाले कुनै हालतमा यसलाई आत्महत्या भनेर स्वीकार्न नसकिने भन्दै उच्चस्तरीय छानबिन गर्न माग गरे ।

सँगै सुतेका आफ्ना दाइको साथीलाई साथीको मृत्युहुँदासम्म पनि जानकारी नहुनु, घरबेटी मौन रहनु, अध्ययनरत कलेजका सञ्चालक र प्रशासनले घटनापछिका छानबिनमा चासो नदेखाउनुले मृत्युबारे शंका उब्जाएको उनले बताए ।

प्रहरीले भने मृतक डेरा गरी बस्ने घरबेटी, उसका साथी तथा अन्य विद्यार्थी, शिक्षक, कर्मचारी सबैलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।

shares