Breaking News

निर्मला पन्तको घटनामा प्रधानमन्त्री र गृहमन्त्री नै दोषी: कर्ण

काठमाण्डाै, ३१ भदाै । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले प्रारम्भिक अनुसन्धानमै प्रहरीले हेलचेक्रयाँई गरेको थाहा हुँदाहुँदै पनि कारबाही नगर्नु प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको दाबी गरे। कर्णले गृहमन्त्रीले संसदमा दिएको जवाफ आश्चर्यजनक भएको पनि जिकिर गरे । निर्मलाको बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न वास्तविक दोषीलाई सरकारले चाँडोभन्दा चाँडो सार्वजनिक गरेर कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले निर्मला हत्याका दोषी पत्ता लगाउन प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्ने बताए । उनले निर्मला पन्तको हत्या घट्नाबारे डिएनए टेष्ट गर्न छुट्टै फोरेन्सिक विज्ञ चिकित्सकहरू बाहिरबाट झिकाउनुपर्ने माग गरे ।

सत्तारुढ दल नेकपाका सांसद डा. दिपक प्रकाश भट्टले निर्मला पन्त हत्याको वास्तविक अपराधीलाई सार्वजनिक गरेर कडा कारबाही गर्नुपर्ने बताए ।

shares