Breaking News

निर्मला पन्त हत्या प्रकरणबारे छानबिन गर्न नयाँ समिति गठन

काठमाण्डाै, ३१ भदाै । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न नयाँ समिति गठन गरिएको छ ।

डीआइजी धिरु बस्नेतको संयोजकत्वमा घटनाकाे छानबिन गर्न नयाँ समिति गठन गरिएको हो ।

घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि सरकारले प्रभावकारी अनुसन्धान गर्न पुनः नयाँ समिति गठन गरेकाे हाे ।

shares