Breaking News

प्रभुनारायण चाैधरी स्मृति प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

गुञ्जनराज गिरी/काठमाण्डौ, ३१ भदाै । शुक्रबार पर्यटन बाेर्ड भृकुटी मण्डपमा प्रभुनारायण चाैधरी स्मृति प्रतिष्ठानकाे नवाैं स्मृति सभाले विविध क्षेत्रका स्रष्टाहरूलार्इ सम्मान गरेकाे छ ।

संस्थाकाे अध्यक्ष विद्यानन्द लेखीकाे सभापतित्व र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितकाे प्रमुख अातिथ्यतामा सम्पन्न साे कार्यक्रममा कान्तिपुर टीभीका पत्रकार प्रदिपकुमार लेखी, गाेरखापत्रका लक्की चाैधरी, निर्देशक रमेश काेइराला, गायिका रेखा भट्टरार्इ र अमृत मरहठ्ठालार्इ राष्ट्रिय सम्मान २०७५ बाट सम्मान गरिएकाे थियाे ।

विगत दुर्इ दशकदेखि कला, साहित्य र नेपाली चलचित्र क्षेत्रमा श्रृंगार विधामा महत्वपूर्ण भूमिका निर्वाह गरेका अमृत मरहठ्ठाले यसअघि अत्यन्तै लाेकप्रिय नेपाली चलचित्र ‘लुट’, ‘टलकजंग भर्सेज टुल्के’, ‘हाेस्टेल’, ‘लुट-२’ ‘प्रेमगीत-२’, ‘तान्द्राे’, ‘पञ्चायत’ लगायतका थुप्रै चलचित्रमा काम गरिसकेका छन् । उनले काम गरेका चलचित्रमध्ये ‘तान्द्राे’ र ‘पञ्चायत’ चलचित्र विकास बाेर्डद्वारा विशेष चलचित्रबाट सम्मानित भएकाे थियाे ।

अमृत मरहठ्ठाले लेखेका थुप्रै चलचित्रका गीतहरूमध्ये चलचित्र ‘प्रेमगीत-२’ काे शीर्ष गीत “मेराे भन्नु तिमी मात्र छैन अरु काेही…” निकै नै लाेकप्रिय भएकाे थियाे ।

shares