Breaking News

सरकार अलमलमा नरहेकाे मुख्यमन्त्री पाैडेलकाे दाबी

काठमाण्डाै, ३१ भदाै । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरू अलमलमा नरहेको दाबी गरेका छन् ।

मुख्यमन्त्री पौडेलले समस्यै समस्याबाट गुज्रिनु परेकाले सरकारले अपेक्षा अनुसार गति लिन नसकेको पनि स्पष्ट पारे । आइतबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कर्मचारीको अभाव, संरचनाको अभावका कारण आफू नेतृत्वको सरकारको कामले गति लिन नसकेको पनि स्मरण गराए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कामलाई गति दिने गरी बाटो बनाउने काम गरिरहेको दाबी पनि गरे । उनले केही समयपछि उद्योगी, व्यवसायीहरूले अपेक्षा गरेभन्दा बढी काम गरेर देखाउने आश्वासन पनि दिए ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को समृद्धिका लागि उद्योग स्थापना मूल आधार रहेको पनि स्पष्ट पारे । उनले प्रदेश ३ को समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिबद्धता पनि दोहो¥याए । मुख्यमन्त्री पौडेलले निजी क्षेत्रको लगानी समृद्धिको आधार भएकाले सोही अनुसारको नीति तथा कार्यक्रम प्रदेश सरकारले बनाएको पनि उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

shares