Breaking News

बाह्रबिसेमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान

चाैतारा, ३१ भदाै । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ ।

‘हरिमाया फाउण्डेशन’ नामक संस्थाद्वारा जडित उक्त यन्त्रले ३ किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने बताइएकाे छ ।

बाह्रबिसेमा उक्त यन्त्र सफलतापूर्वक जडान गरिएपछि स्थानीयबासीको माग भएकाे खण्डमा अन्य स्थानमा पनि यन्त्र जडान गरी मानवीय क्षति हुनबाट सचेत गराउने उद्देश्य रहेको संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले बताए ।

वि.सं. २०७३ साल असार २१ गते चिनियाँ क्षेत्रमा आएको बाढीले सीमा नदीको रुपमा बग्ने भोटेकोशीले ठूलो भौतिक क्षति पुर्‍याएकाे कारण संस्थाले पूर्व जानकारी दिने यन्त्र जाेड्न पहल गरेकाे जनाएकाे छ ।

डेढ वर्षदेखि सामाजिक सेवामा सक्रिय संस्थाले क्यान्सर तथा मिर्गौला जस्ता गम्भीरखाले बिरामीलाई रु २५ हजारसम्म आर्थिक सहयोग प्रदान गर्दै आइरहेको पनि बताइएको छ ।

shares