Breaking News

जनकपुर–पटना बस सेवा सुरु

जनकपुरधाम, ३१ भदाै । प्रदेश २ को राजधानी जनकपुरदेखि भारत बिहारको राजधानी पटनासम्म जनकपुर–पटना बस सेवा सुरु भएको छ ।

जनकपुर–पटना बस सेवालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक कार्यक्रमका बीच हरियो झण्डा देखाएर अाैपचारिक रूपमा शुभारम्भ गरेका थिए । नेपालको तर्फबाट स्वयम्भु मञ्जुश्री यातायात प्रालीले सञ्चालन गर्न लागेको उक्त बस बिहान साढे ११ बजे पटनाका लागि प्रस्थान गरेको हो ।

हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटकलाई ल्याउन ठूलो भूमिका खेल्ने मुख्यमन्त्री राउतले बताए । यो बस सेवाले भारत बिहारको राजधानी पटना र प्रदेश २ को राजधानी जनकपुरलाई जोड्ने हुँदा दुई देशबीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयाेग गर्ने उनकाे धारणा थियाे ।

गत २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला सोही दिन जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रूपमा हरियो झण्डा देखाएर यात्रुबाहक बस अयोध्या पठाएका थिए । यद्यपि सो सेवा नियमित हुन भने सकेन ।

shares