Breaking News

स्वचालित पेस्तोलसहित एक जना पक्राउ

दाङ, ३१ भदाै । दाङ प्रहरीले एउटा स्वचालित पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही–१३, बडहारा निवासी वर्ष २७ का वीरबहादुर चौधरी रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको विशेष प्रहरी टोलीले घोराही –१५, बुद्धी ग्यारेज नजिकबाट उनलार्इ पक्राउ गरेको प्रहरी प्रमुख एसपी कृष्णहरि पोखरेलले जानकारी दिए । पाइन्टको बेल्टमा पेस्तोल लुकाइराखेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको उनले बताए ।

पोखरेलले भने, ‘अटोमेटिक पेस्तोल मेड इन यूएसए लेखिएको ६.६५ क्यालिभरको पेस्तोल, म्यागजिन र गोली ४ राउण्ड बरामद भएको छ । उनी सवार पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ ।’

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

shares