Breaking News

टाइफुन म्याङ्कुट चीनतर्फ बढ्दै, सतर्क रहन अपिल

हङकङ, ३१ भदाै । उत्तरी फिलिपिन्सबाट प्रवेश गरेकाे शक्तिशाली आँधी टाइफुन म्याङ्कुट पश्चिम फिलिपिन्स हुँदै चीनतर्फ अघि बढ्दा दक्षिण चीनकाे समुद्री किनारमा खतरा बढेकाे छ ।

उच्च जनघनत्व भएकाे ग्वाङडाेङमा त्यहाँका अधिकारीहरूले उच्च सतर्कताकाे सूचना जारी गरेका छन् । ग्वाङडाेङबाट हजाराैं मानिसहरूलार्इ हटाइसकिएकाे छ । अाँधी हङकङ प्रवेश गर्दा सयभन्दा बढी मानिसहरू घाइते भएका छन् । यसअघि साे अाँधीका कारण फिलिपिन्समा कम्तिमा २५ जनाकाे ज्यान गइसकेकाे छ ।

विभिन्न ठाउँमा पहिराे खस्दा अाँधी केही कमजाेर भएतापनि यसलार्इ सन् २०१८ काे सबैभन्दा शक्तिशाली अाँधी मानिएकाे छ । हङकङमा अाँधीसँगै उडाइएका वस्तुहरूकाे जाेखिमबाट बच्न अधिकारीहरूले स्थानीयलार्इ घरबाट बाहिर ननिस्कन अाग्रहसमेत गरेकाे छ । अाँधीकाे गति ११७ किलाेमिटर प्रतिघण्टाभन्दा बढी भएकाे जनाइएकाे छ ।

हङकङमा धेरैजसाे पसल र सार्वजनिक सेवाहरू बन्द गरिएका छन् भने अाठ सयभन्दा बढी उडानहरू रद्ध गरिएका छन्, जसबाट एक लाखभन्दा बढी यात्रुहरू प्रभावित भएका छन् । अाँधीकाे असर छिमेकी राज्य मकाउमा समेत देखिएकाे छ ।

shares