Breaking News

कञ्चनपुर घटनाका दाेषीलाई सरकारले संरक्षण गरेको देउवाकाे आरोप

काठमाण्डौ, २९ भदाै । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले कञ्चनपुर घटनाका अपराधीलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस मोरङ काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कञ्चनपुर घटनाका अपराधीलाई सरकारले संरक्षण गर्दै उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् । अहिले मुलुकमा अपराधका घटना बढ्दै जाँदा पनि सरकार गम्भीर नभएको उनको भनाइ छ ।

उनले अपराधी कुनै पार्टीको नहुने भन्दै कसैले पनि संरक्षण गर्न नहुने जिकिर गरे । फरक प्रसंगमा उनले पार्टीमा अनुशासन नहुँदा कांग्रेस दुई चिरा जस्तो देखिएको धारणा राखे । अहिले पार्टीले सोचेजस्तो परिणाम नल्याएपनि अर्को चूनावमा बहुमत आउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै कांग्रेस महामन्त्री शशांक कोईरालाले सरकारले जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको भन्दै कांग्रेसले यसमा खबरदारी गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा कांग्रेस नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले आफ्नो भूमिकालाई बुझ्दै चूनौतिको सामना गर्न तयार हुनुपर्ने बताएका थिए ।

shares