Breaking News

सरकारले प्रेस स्वतन्त्रताको हनन गरेकाे छैन: गृहमन्त्री

काठमाण्डौ, २९ भदाै । गृहमन्त्री राम बहादुर थापाले सरकारले प्रेस स्वतन्त्रताको हनन नगरेको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा राष्ट्रियसभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिंदै गृहमन्त्री थापाले नागरिकको अपमानका सम्दर्भमा झुटा कुरा गरिएको भन्ने उजुरी आएकाले कानून बमोजिम पत्रकार राजु बस्नेतलाई पक्राउ गरी अनुसन्धान गरिएको बताए । उनले गृह मन्त्रालयको आदेशमा पत्रकारलाई पक्राउ नगरिएको स्पष्ट पारे ।

मन्त्री थापाले सम्बन्धीत निकायबाट कानून बमोजिम नै कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी आएको बताए । उनले पत्रकारलाई हतकडी लगाइएको विषयमा केही त्रुटी भएको भन्दै यस विषयमा आफूले जानकारी माग गरेको बताए । गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने पनि बताए ।

राष्ट्रियसभाको बैठकले अन्तराष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि सम्मिलन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

shares