Breaking News

डेढ वर्षअघि ठेकेदार अपहरण गर्ने गिरोह पक्राउ

काठमाण्डौ, २९ भदाै । डेढ वर्षअघि ठेकेदार रमेशकुमार कुँवरलाई चक्रपथस्थित इन्द्रेणी फास्टफुड अगाडिबाट अपहरण गर्ने गिरोहका नाइकेलार्इ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुली घर भर्इ हाल रातोपुल बस्दै आएका ३६ वर्षीय पुष्पराज श्रेष्ठ रहेका छन् ।

श्रेष्ठको मुख्य योजनामा भोजुरका नविनकुमार राई, दाङका कोमानन्द खड्का, सरु केसी भनिने आषिका परियार, रामेछापका कुविन थापा भनिने कोलबहादुर थापा मगर र नुवाकोटका सुक्रराज तामाङ लगायतको मिलेमतोमा अपहरण गरिएको तथ्य खुलेको प्रहरीले जनाएकाे छ । उनीहरूलाई पनि विभिन्न स्थानबाट पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरेर महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

उनीहरूले कुँवरलार्इ अपहरण गरी गणेशबस्तीस्थित शुक्रराज तामाङको डेरामा लगेर बन्धक बनाएका थिए ।

हाल श्रेष्ठले ओखलढुंगाको सिद्धिचरण–४, घर भर्इ काठमाडौं–४, धुम्बाराही बस्ने रामबहादुर कटुवाललाई घर बनाउने ठेक्का दिएकाे र घरको सम्पूर्ण निर्माण प्रक्रिया पूरा भइसकेपछि बाँकी रहेको रकम माग्दा उनले नदिर्इ उल्टै गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिन थाले । कटुवालले महाशाखामा सार्वज्निक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर बमोजित कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएपछि २६ भदौमा उनी पक्राउ परेका हुन् । उक्त घटनाको पनि प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

shares