Breaking News

अमेरिकाको क्यारोलाइनामा समुद्री आँधीकाे खतरा बढ्दै

अमेरिका, २९ भदाै । फ्लोरेन्स नाम गरेको ठूलो समुद्री आँधी अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सक्रिय भएका कारण उत्तरी र दक्षिणी क्यारोलाइना क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने भविष्यवाणी गरिएको छ ।

आँधी सुरु भएपछि उत्तर क्यारोलाइना राज्यका एक लाखभन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । अहिले आँधी १५० किलोमिटर (९० माइल) प्रति घन्टाको गतिमा अघि बढिरहेको छ । अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार आँधीका कारण हावाहुरी चल्ने र भारी वर्षा हुने क्रम छिट्टै अझै तीव्र हुन सक्छ । अाँधीका कारण त्यस क्षेत्रमा ठूलाे धनजनको क्षति हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

आँधीको प्रभाव समुद्र तटीय क्षेत्रबाट क्रमशः भित्री भूभागमा पर्नसक्ने भविष्यवाणी गरिएको छ । उत्तरी र दक्षिणी क्यारोलाइना एवम् भर्जिनियाकाे तटीय क्षेत्रमा बस्ने दश लाखभन्दा बढी मानिसहरूलार्इ सुरक्षित ठाउँमा सर्न निर्देशन जारी गरिएकाे छ । सरकारी निर्देशनको पालना गर्दै त्यस क्षेत्रका लाखौँ मानिसहरू सुरक्षित स्थानमा सरेका छन् ।

shares