Breaking News

सीमा क्षेत्रमा नेपाली र भारतीय सीमा सुरक्षाकर्मीकाे संयुक्त गस्ती

नवलपरासी, २९ भदाै । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाली र भारतीय सीमा सुरक्षाकर्मीले सीमास्तम्भको अवस्था र सीमा अतिक्रमणबारे छलफल गर्न संयुक्त गस्ती गरेका छन् ।

सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ । गस्तीका क्रममा सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे पनि छलफल गरिएकाे थियाे ।

सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार ग्वालाको नेतृत्वमा रहेको संयुक्त टोलीले गस्ती गरेकाे जनाइएकाे छ । दुई देशको अन्तर्राष्ट्रिय सीमानामा देखिएका समस्याबारे अध्ययन गर्न गठित बाउन्ड्री वर्किङ ग्रुपको बैठक अर्को हप्ता काठमाडौंमा बस्दैछ ।

shares