Breaking News

त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता

चितवन, २९ भदाै । त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता भएकी छिन् ।

सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई हाल काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

इच्छाकामना गाँउपालिका–४ केबुलकार स्टेसन नजिकबाट बराल त्रिशूलीमा हाम फालेकी हुन् । तीन वर्षीय छोरा हार्दिक पौडेललाई केबुलकार रेस्टुरेन्टमा छाडेर त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ । -रासस

shares