Breaking News

आवश्यकताभन्दा बढी छलफलपश्चात् नै मुलुकी ऐन कार्यान्वयनमा: महान्यायाधिवक्ता

काठमाण्डौ, २८ भदाै । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आवश्यकताभन्दा बढी छलफलपश्चात् नै मुलुकी अपराध (संहिता) लगायतका ऐन ल्याइएको बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयले बिहीबार मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता). ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,. २०७४ सम्बन्धमा कानून संकायका प्राध्यापकसंग गरेको छलफलमा महान्यायाधिवक्ता खरेलले यस्तो बताएका हुन् ।

उक्त ऐनमाथि विगत ७–८ वर्षदेखि छलफल भएपनि पहिला ध्यान नदिएका कारण अहिले समस्या देखिएको समेत बताए । संसदमा समेत विस्तृत छलफल भएर उक्त ऐन कार्यान्वयनमा आएको भन्दै खरेलले ऐनमा देखिएका समस्यालाई क्रमशः छलफलबाट हल गर्ने प्रयास गर्ने बताए ।

महान्यायाधिवक्ता खरेलले कानून संकायको पढाइ हुने क्याम्पसमा जनशक्तिको अभाव हुन नदिन विशिष्टीकरण गर्दै लैजाने धारणा राखे । कार्यक्रममा सहन्यायाधिवक्ता विश्वराज कोईरालाले मुलुकी अपराध संहिता २०७४ लगायतका नयाँ कानूनको कार्यान्वयनमा महान्यायाधिवक्ता कार्यालयबाट भएका प्रयासहरूका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

shares