Breaking News

वृद्धको हत्या गरी दुई किशोरीले गरे अात्मसमर्पण

रामेछाप, २८ भदाै । रामेछापमा दुई किशोरीले एकजना वृद्धको हत्या गरेका छन् ।

जिल्लाको रामेछाप नगरपालिका-७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरी १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

ढालबहादुरलाई उनकै घर अगाडि बाटोमा बिहान ७ बजेतिर रडले हानेर हत्या गरेको दालकुमारी र सुष्मताले प्रहरीलार्इ बयान दिएका छन् ।

उनीहरूले वृद्धको बानी व्यवहार ठीक नभएकोले हत्या गरेको बयान दिएको रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रबहादुर सिंहले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

shares