Breaking News

कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाण्डौ, २८ भदाै । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

कांग्रेस सांसदहरुले बिहीबार बसेकाे प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् । बैठकमा बाेल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए ।

उनले भने, ‘अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको देखिन थालेको छ । यो घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिइरहेको आभाष हुन थालेको छ ।’

यस्तै रोल्पामा तरुण दलका नेताको हत्या भएको र पछिल्लो समय पत्रकारलाई पक्राउ गरिएको भन्दै साे विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने जिकिर गरे ।

सभामुखले सरकारको ध्यानाकर्षण गराउँदै उपयुक्त समयमा जवाफ दिने जानकारी दिए । तर, कांग्रेस सांसदहरूले तत्काल जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेका थिए ।

shares