Breaking News

महेन्द्रनगरमा गोली चल्यो

कञ्चनपुर, ७ भदौ । निर्मला पन्त हत्याको विरोधमा आज बिहानैदेखि महेन्द्रनगरमा जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको हो । भीमदत्त नगरपालिका निवासी तेज भट्टको टाउकोमा गोली लागेको छ भने सन्तोष कठरिया, अर्जुन भण्डारा र तीर्थ प्रसाद पनेरुको खुट्टामा गोली लागेर घाइते भएका छन् ।

भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् । प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

बुधबार भएको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको थियो । अाज पनि प्रदर्शनस्थल वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ ।

सम्बन्धित समाचार-

निर्मला पन्त हत्याको विरोधमा प्रदर्शन जारी, अशान्त बन्दै महेन्द्रनगर

shares