Breaking News

करेन्ट लागेर मृत्यु, सदरमुकाम बन्द

जगदीश खनाल/नुवाकोट, ७ भदौ । नुवाकोटको लिखु गाँउपालिका वडा नं. १ ढिकुरेमा ३३ केभी प्रशारण लाइनको विद्युतीय तरङ्गले करेन्ट लाग्दा बिहीबार एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

ढिकुरेमा गाढिएको विद्युतीय पोललाई खहरे खोलामा गएराती आएको बाढीले क्षति पु¥याएपछि झोलिएको तारबाट प्रवाह भएको विद्युतीय तरङ्गले करेन्ट लाग्दा लिखु–१ का २८ वर्षीया तुलासा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनामा लिखु–१ का ६१ वर्षका लालप्रसाद लामिछाने र बेलकोटगढी नगरपाालिका वडा नं. १२ का २२ वर्षीयाँ सुदिक्षा पौडेल गम्भीर घाइते भएका छन् । उनीहरूको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बसन्तबहादुर कुंवरले जानकारी दिए ।

तीन साताअघिको बाढीले ढलेको पोल मर्मत गर्ने समयमा विद्युत प्राधिकणको लापरबाहीले पुनः पोल ढलेको र त्यसको जानकारी प्राधिकरणलाई गराएपनि समयमै विद्युत कटौती नहुँदा दुर्घटना भएको भन्दै घटनाको विरोधमा स्थानीयबासीले गाडी सञ्चालनमा अवरोध पु¥याएका छन् ।

पीडित परिवारलाई उचित क्षतिपूर्ति र विद्युतीय तार अन्यत्र सार्नुपर्ने माग गर्दैै स्थानीयबासीले जिल्ला सदरमुकाम विदुरसहित नुवाकोट–काठमाडौं सडक खण्डमा गाडी सञ्चालन बन्द गराएका छन् ।

shares