Breaking News

‘प्रकोप सिर्जित विस्थापन हटलाइन’ सन्चालनमा

काठमाण्डौ, ६ भदौ । मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको इन्हुरेड इन्टरनेसनलले ‘प्रकोप सिर्जित विस्थापन हटलाइन’ सन्चालनमा ल्याएको छ ।

इन्हुरेडले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जुनसुकै खालका प्रकोपबाट उत्पन्न हुने विस्थापनका घटनालाई अनुगमन गर्दै ‘प्रकोप सिर्जित विस्थापन हटलाइन’ सञ्चालनमा ल्याइएको जनाएको हो ।

हटलाईन सेवाबाट प्रकोप सिर्जित विस्थापनका घटनालाई सम्बोधन गर्ने भएकाले यस्ता खालका पीडित र सरोकारवालाहरूबीच समन्वय गराउन सहयोग पुग्ने दाबी गरिएको छ । हटलाइन फोन, इमेल वा सन्देश पठार्इ सूचना दिन सकिने बताइएको छ ।

प्राप्त सूचनाको रुजु गरी आवश्यकताअनुसार विशेष अनुगमन तथा स्थलगत ‘द्रुत दौडाहा’ टोली परिचालन गरी घटनाको सत्यतथ्य संकलन गर्ने पनि इन्हुरेड इन्टरनेसनलका अध्यक्ष डाक्टर गोपाल कृष्ण सिवाकोटीले जानकारी दिए ।

प्राकृतिक वा मानव सिर्जित प्रकोपमा मानव विस्थापनको घटनालाई अध्ययन गर्दै वास्तविक मानवीय क्षतिको विवरण प्राप्त गर्न पनि हटलाईन सेवाले मद्धत पुग्ने उनले बताए ।

shares