Breaking News

भाद्र ८ र ९ गते दोस्रो अष्ट्रेलियन शैक्षिक मेला हुने

काठमाण्डौ, ६ भदौ । अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरूको साझा छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स(एइसीए)को आयोजनामा भाद्र ८ र ९ गते नेपालमा दोस्रो अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुने भएको छ ।

एलाइन्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शैक्षिक मेलामा अष्ट्रेलियाका सातवटा कलेज तथा दुर्इ दर्जन शैक्षिक परामर्शदाताहरूको प्रत्यक्ष सहभागिता रहने एलाइन्सका अध्यक्ष निरज श्रेष्ठले जानकारी दिए ।

उच्च अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गर्न लागेको यस शैक्षिक मेलामा किङ्सफोर्ड इन्टरनेशनल, एचआइबीटी कलेज, भाइब कलेज, किङ्स वन लगायतका कलेजको प्रत्यक्ष सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताए ।

२२ वटा शैक्षिक परामर्शदाताहरूको स्टल रहने शैक्षिक मेलामा कूल २९ स्टलको सहभागिता रहनेछ । होटल अन्नपूर्णमा दुई दिनसम्म चल्ने शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभिभावकको जिम्मेवारी, पढाइ खर्च र पढ्ने विषय अनि कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अष्ट्रेलियामा दश जोड दुई सकेर कलिला विद्यार्थीहरूको सहभागिता बढ्दै जाँदा अभिभावकको जिम्मेवारी महत्वपूर्ण रहेकोले यस पटक यो महोत्सवमा विद्यार्थीसँगै अभिभावक भन्ने नारा तय गरेको आयोजकले जनाएको छ ।

shares