Breaking News

बैतडीमा अब एकल पुरुषलाई पनि मासिक भत्ता

बैतडी, ६ भदौ । बैतडी जिल्लास्थित् मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता वितरण गर्ने भएको छ ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अन्तर्गत ६० वर्षमाथिका विधुरहरूलाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाभित्रका केही असहाय एकल पुरुषहरूलाई सहज जीवनयापनका लागि आफूहरुले भत्ता दिने निर्णय गरेको मेयर कृष्णसिंह नायकले जानकारी दिए । हाल उनीहरूको मासिक भत्ताका लागि नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ ।

अहिले नगरका ९ वटै वडाका विधुरहरूको तथ्यांक संकलनको काम सुरु गरिएको छ । एकल पुरुषलाई मासिक भत्ता वितरण गरेर यो नगरपालिकाले एेतिहासिक एवम् प्रशंसनीय काम गरेको छ ।

shares