Breaking News

त्रिविका प्राध्यापकहरूले आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको नेविसंघको आरोप

काठमाण्डौ, ६ भदौ । नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले त्रिविका प्राध्यापकहरूले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युएसएआईडीमार्फत मानव शास्त्र संकायका प्राध्यापकहरूले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका सभापति हरि आचार्यले विदेशी अनुदानबाट आएको करोडौं रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीहरूले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए ।

त्रिविको लोगो र स्ट्यामसमेत दुरुपयोग गरी अनाधिकृत रूपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेको उनले बताए । उनले कार्यकारी परिषदको स्वीकृतिबिना कुनैपनि विदेशी अनुदान लिएर अनुशन्धानलगायतका अन्य कार्यक्रमहरू गर्न नपाइनेपनि बताए ।

समितिले त्रिविको लोगो दुरुपयोग गर्नेलाई कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्ने पनि बताए ।

shares