Breaking News

ललितपुरमा महिला उद्यमी मेला आयोजना हुने

काठमाण्डौ, ६ भदौ । आगामी शुक्रबारदेखि ललितपुरमा तीन दिने महिला उद्यमी मेला आयोजना हुने भएको छ ।

साना तथा मझौंला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महिला उद्यमी मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो । ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने मेला ३ दिनसम्म चल्नेछ ।

करिब ६० वटा स्टल रहने मेलामा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलालगायतका सामग्रीहरू प्रदर्शन गरिने साना तथा मझौंला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबुकाजी महर्जनले जानकारी दिए ।

‘एक घर, एक व्यवसाय’ लाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक ईनु पौडेलले बताइन् ।

तीजलाई लक्षित गरेर आयोजना गर्न लागिएको सो मेलामा १५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

shares