Breaking News

सरकार नीतिगत भ्रष्टाचारमा फसेको पौडेलको अारोप

काठमाण्डौ, ५ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले सरकार नीतिगत भ्रष्टाचारमा फसेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ केन्द्रिय अपाङ्ग विद्यार्थी समन्वय समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरकारले विभिन्न संस्थानहरूमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । उनले पछिल्लो पटक नयाँ विमान खरिदमा अरबौं भ्रष्टाचार भएको समेत बताए ।

उनले वर्तमान सरकार निषेधको राजनीति गर्दै अघि बढ्न खोजेको टिप्पणी पनि गरे । सरकारको काम कारवाहीप्रति असहमति जनाउनेलाई सरकारमा बस्नेहरूले निषेध गर्न खोजेको उनको भनाइ छ ।

त्यस्तै पौडेलले सरकारको क्रियाकलाप नियाल्दा संघीयता कार्यान्यन नगर्ने बाटोमा गएको तर्क गरे । नेता पौडेलले सरकारको कामकारवाहीलाई खबरदारी गर्न कांग्रेसभित्रको गुटउपगुटको अन्त्य गर्नुपर्ने जिकिर गरे ।

नेता पौडेलले पार्टीभित्रको केही नेताहरू नेविसंघको महाधिवेशन नगर्ने षडयन्त्रमा लागेको बताए ।

shares