Breaking News

‘नयाँ मुलुकी ऐन नागरिकलाई पाच्य नहुने’

काठमाण्डौ, ५ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले नयाँ मुलुकी ऐन नागरिकको स्वतन्त्रता हनन् हुनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आयोगका सदस्य पाठकले मानव अधिकारको राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता विपरीत आएको नयाँ मुलुकी ऐन नागरिकलाई पाच्य नहुने चेतावनी पनि दिए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ मुलुकी ऐनमाथि पत्रकार, चिकित्सकहरूले प्रश्नैप्रश्न उठाएको उल्लेख गर्दै उनले सो ऐनमा आफू पनि सहमत हुन नसक्ने पनि स्पष्ट पारे ।

सरकारले गत भदौ १ गतेबाट लागू गरेको नयाँ मुलुकी ऐन संविधानसम्मत नभएको आयोगका सदस्य पाठकको तर्क छ । उनले सो ऐनका विषयमा आयोगभित्र छलफल भइरहेको र छिट्टै औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि दिए ।

आयोगका सदस्य पाठकले सर्वोच्च अदालतले रिहा गरेलगत्तै नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरेको भन्दै सरकारको आलोचना पनि गरे ।

shares