Breaking News

व्यवसायी अनुगमनको विरोधमा उत्रिएपछि कालीमाटी तरकारी बजार प्रभावित

काठमाण्डौ, ५ भदौ । तरकारी व्यवसायी अनुगमनको विरोधमा उत्रिएपछि मंगलबार कालिमाटी तरकारी बजार प्रभावित बनेको छ ।

बन्दका कारण दैनिक झण्डै ७ सय तरकारी भित्रिने कालिमाटी बजारमा मंगलबार करिब एक सय टन मात्रै तरकारी भित्रिएको थियो । हिजो अनुगमनका क्रममा अवरोध गरेको भन्दै प्रहरीले कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको विरोधमा व्यापारीहरूले किसानहरूबाट तरकारी नै खरिद नगरेका हुन् ।

कालिमाटी बजार बन्द हुँदा जनताहरूलाई भने सास्ती भएको छ । अनुगमनमा गएको टोलीले आफूहरूलाई व्यापारीहरूले थुनेको भनेर हल्ला फैलाएको भएपनि त्यो यथार्थ नभएको कालीमाटीका व्यापारीहरूको भनाइ छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनुगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ । बजार भित्रको थोक पसल बन्द भएपनि बाहिरपट्टी रहेको खुद्रा बजार भने खुलेको छ ।

shares