Breaking News

१८ वर्षपछि चर्चित पप गीत ‘तीखो चुलेसीमा’को रिमेक (भिडियो)

काठमाण्डौ, ५ भदौ । चर्चित गीतकार, गायक एवम् म्युजिक कम्पोजर सुनील वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले १८ वर्षपछि हिट गीत ‘तीखो चुलेसीमा’को म्युजिक भिडियो ल्याएका छन् ।

वर्देवाद्वारा म्युजिक कम्पोजिशन गरिएको पप गायक संजिव सिंहद्वारा स्वरबद्ध उक्त गीत ६० को दशकमा निकै लोकप्रिय थियो । प्रकट पंगेनीको शब्द रहेको गीतको रिमेकीङ भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन एवम् अभिनय गरेका छन् भने उनलाई अभिनयमा मोडल एन्जीमुल्मी श्रेष्ठले साथ दिएकी छिन् ।

भिडियोलाई अष्ट्रेलियाको मेल्बर्नस्थित ८८ तले यूरेका टावर र वेब ब्रिजमा खिचिएको छ । लामो समयदेखि अस्ट्रेलिया निवासी सुनोद एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनीमार्फत नेपाली गीतसंगीत तथा प्रबर्द्धनमा सक्रिय छन् ।

सुनोदले यसअघि ‘बिर्सन सक्दिनँ’, ‘सात समुन्द्र पारी’ लगायत आधा दर्जन गीतहरूको भिडियो ‘रिमेक’ गरिसकेका छन् । भिडियोलार्इ भीमगोपाल इन्टरटेन्टमेन्टले उत्पादन गरेको हो ।

भिडियो हेर्नुहोस्-

shares