Breaking News

प्रदेश १ र २ मा भोलि सार्वजनिक बिदा

काठमाण्डौ, ५ भदौ । प्रदेश १ मा प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि प्रदेश २ सरकारले पनि बकर इदको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेका कारण प्रदेश सरकारले निर्णय गरेर बिदा दिएको हो ।

shares