Breaking News

प्रमुख निर्वाचन आयुक्त यादवको विभूषण खोसियो

काठमाण्डौ, ५ भदौ । सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई प्रदान गरेको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ ।

गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख थियो ।  १४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा विभूषण पाउनेहरूको नाम र क्रम संशोधन गरेको छ ।

आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरूको सूची सार्वजनिक गरेको छ । तर, उक्त नयाँ सूचीबाट प्रमुख निर्वाचन आयुक्त यादवको नाम हटाइएको छ ।

सूचीमा प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरू ७ जनाको मात्र नाम उल्लेख छ । यक्त विभूषण घोषणा हुँदा प्रमुख निर्वाचन आयुक्त यादवसहित ८ जनाको नाम उल्लेख थियो भने रोल क्रममा यादवको नाम पाँचौं नम्बरमा रहेको थियो ।

प्रमुख आयुक्त यादवले परिवर्तित सूचीबारे आश्चर्य प्रकट गरेका छन् । घोषणा हुँदा नाम समावेश भएको अाफू जानकार रहेको तर अहिले नाम सूचीबाट हटाइएको बारे भने उनले अनभिज्ञता प्रकट गरे ।

shares