Breaking News

नेकपा सचिवालय बैठक जारी

काठमाण्डौ, ४ भदौ । पार्टीका संगठनहरूको एकीकरण अभियानलाई टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीका आयोग, विभाग र जनवर्गीय संगठनहरूको एकीकरण अभियानलाई टुंगो लगाउन पार्टीको सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संगठन एकीकरणका लागि गठित कार्य दलले दिएको सुझावमै केन्द्रित रहेर संगठन एकीकरणको कामलाई टुंगो लगाउने धारणा राखेका छन् ।

shares