Breaking News

काठमाडौं म्याराथन असोज २० गते हुने

काठमाण्डौ, ४ भदौ । विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथनको १२ औं संस्करण यही असोज २० गते हुने भएको छ ।

काठमाडौंमा आज एक कार्यक्रमका बीच मुख्य आयोजक निलेन्द्र राज श्रेष्ठले प्रतियोगिताको नयाँ संस्करण असोज २० गते काठमाडौंमा हुने बताएका हुन् । प्रतियोगितालाई बृहत बनाउन खेलकुद गतिविधिहरू समेट्दै असोज १८ गतेदेखि २० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्पोर्टस् एक्सपो पनि गरिने उनले बताए ।

यस संस्करणदेखि को-अपरेट तथा ५ किलो मिटर भेट्रान गरी दुई विधा थप गरिएको म्याराथनमा पुरुष र महिलाका विभिन्न ७ विधामा दौड हुनेछ । म्याराथनको पुरुष र महिला दुवै विधाका विजेतालाई १ लाख तथा दोस्रो हुनेलाई ५० हजार नगद पुरस्कार दिइने छ ।

shares