Breaking News

विभिन्न अपराधिक गतिविधिमा संलग्न ५ जना पक्राउ

निरज तामाङ/काठमाण्डौ, ४ भदौ । काठमाडौं प्रहरीले विभिन्न अपराधिक गतिविधिमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।

सालकको खपटासहित ओखलढुङ्गा साविक सेर्ना गा.वि.स.वडा नं.६ घर भएका १९ वर्षीय निफुरी शेर्पालाई पक्राउ गरेको हो । काठमाडौंको सोह्खुट्टे क्षेत्रमा दूर्लभ वन्यजन्तुको अंग बेचबिखन हुँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरवाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी बसन्त लामाले बताए ।

उक्त बरामद गरिएको सालकको खपटा तौल गर्दा ९५५ ग्राम रहेको छ । यसैबीच १५ लाख नगद लुटिएको भनि नाटक गर्ने अस्कर अलीलाई उक्त नगद रकमसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै आजै प्रहरीले चोरीका २ थान मोटरसाईकलसहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुपालचोक भोटेकोशी गा.पा.वडा नं.३ का २६ वर्षीय लाल बहादुर वि.क., सोही ठेगाना भएका भिमेश्वर न.पा.वडा नं.९ घर भएका वर्ष २० का अम्मर तामाङ्ग र सोही ठेगानाका २३ वर्षीय श्रवण कुमार तामाङ्ग रहेका छन् । उनीहरूले गएराती काठमाडौंको ठमेल क्षेत्रमा पार्किङमा राखेको बा ९५ प ८१५३ नं.को २२० सि.सि.र वा ९२ प ८०९१ पल्सर मोटरसाइकल चोरी गरेका थिए ।

shares