Breaking News

१५ लाख नगद लुटिएको गलत सूचना दिने व्यक्ति पक्राउ

काठमाण्डौ, ४ भदौ । सहकारीबाट निकालिएको रकम लुटिएको नाटक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै १५ लाख नगद लुटिएको गलत सूचना दिने अस्कर अलीलाई पक्राउ गरेको जनाएको हो । अलीले भदौ ३ गते दिउँसो दुई बजेको समयमा काठमाडौंको न्यूरोडस्थित बज्रयोगिनी बहुउद्धेश्यीय सहकारी संस्थाबाट १५ लाख रकम निकालेको र लुटेराले जंगलमा लगेर आफूलाई खुकुरी देखाएर लुटपाट गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

उनको खबरपछि प्रहरीले अनुसन्धान थाल्दा उनैले नाटक गरेको खुलेको हो । प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त रकम काठमाडौको पकनाजोलस्थित राजेश श्रेष्ठको घरको भुईँ तलामा रहेको भ¥याङ्गमुनि लुकाई राखेको अवस्थामा फेला पारेको थियो । भर्याङ्गमुनि रहेको सोनाम लेखिएको झोला तलासी लिदा नेपाली नगद रु ,१५ लाख ३१ हजार ८ सय र केही चिनियाँ युवान रकम पनि फेला पारिएको परिसर प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।

नाटकिय रूपमा पीडित बनेका अस्गर अलीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्दिकरण पठाइईएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले बाघको हड्डीसहित २ जना पक्राउ गरेको छ । पक्राउ परेका दुई चिनियाँ नागरिकलाई कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाण्डौ परिसरले जनाएको छ ।

shares