Breaking News

पूर्वराजदूत झाको हत्याबारे अनुसन्धान सुरु

काठमाण्डौ, ४ भदौ । प्रहरीले पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान सुरु गरेको जनाएको छ ।

सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको अनुमान गरिएको बताए ।

सोमबार बिहान काठमाडौको बबरमहलस्थित आफ्नै निवासमा झा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे विस्तृत अनुसन्धान सुरु भइसकेको र प्रहरी चाँडै निष्कर्षमा पुग्ने उनले बताए । उनले घटनाको प्रकृति हेर्दा लुटेको योजना पनि नदेखिएको जानकारी दिए ।

गत शनिबारबाट महानगरीय प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका एसएसपी लामाले कानूनको परिधि र संगठनको सिद्धान्तभित्र रहेर काम गर्ने समेत बताए । उपत्यकामा लुकेर रहेको गुण्डागर्दी, विभिन्न प्रकारका तस्करी, संगठित अपराध, लागू औषधको कारोबारीमाथि विशेष निगरानी बढाइने उनले बताए ।

नागरिक र प्रहरीबीच सहकार्य गरेर अगाडि बढ्ने बताउँदै उनले आफू आर्थिक रूपमा पारदर्शी बन्ने र संगठनमा राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे । विगतको प्रहरी कार्यशैलीमा नयाँपन आइसकेको बताउँदै एसएसपी लामाले गलत काममा सोर्सफोर्स नचल्ने र अपराधीसँग सम्झौता नगर्ने जिकिर गरे ।

सम्बन्धित समाचार-

पूर्वराजदूत झाको रहस्यमय हत्या

shares