Breaking News

सेजन सदस्यलाई फेलोसिप सम्झौता

काठमाण्डौ, ४ भदौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच आर्थिक अनुसन्धानलाई प्रबर्द्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता गरिएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सेजन र कम्पनीबीच आर्थिक अनुसन्धानलाई प्रबर्द्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौंता पत्रमा हस्ताक्षर गरिएको हो । सेजनका पूर्व उपाध्यक्ष स्वर्गीय संजय न्यौपानेको नाममा स्थापना हुने फेलोसिपका लागि कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने गरी समझदारी गरिएको सेजनका महासचिव भीम गौतमले जानकारी दिए ।

यो फेलोसिप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिन्छ । फेलोसिपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था पनि गरिएको छ ।

shares