Breaking News

दुई वृद्ध मृत फेला

सुर्खेत, ४ भदौ । सुर्खेतमा दुई वृद्ध मृत भेटिएका छन् ।

मृत भेटिनेमा गुर्भाकोट नगरपालिका–३ डोबगाउँ निवासी ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन ठेगान नभएका नाति नामले चिनिने ७५ वर्षीय वृद्ध रहेका छन् ।

मृतक बाँठा मगर गुर्भाकोटको हिले स्वास्थ्य चौकीमा १ गते उपचार गरी फर्केको र २ गते अपराह्न ४ बजेतिर सो नगरपालिकाको आँखा रिग्ने भन्ने जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।

नाम बतन ठेगान नभएका मृतकको प्रहरी मुचुल्कापश्चात् शव परीक्षणका लागि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ । मृतक दुवै जनाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

shares