Breaking News

प्रियंका चोपड़ा र अमेरिकी गायक निक जोनसबीच ‘इंगेज्मेन्ट’ सम्पन्न

मुम्बर्इ, ३ भदौ । केही महिनाको एकसाथको बसाइपछि चर्चित बलिउड अभिनेत्री प्रियंका चोपड़ा र अमेरिकी गायक निक जोनसबीच ‘इन्गेज्मन्ट’ भएको छ ।

मुम्बर्इमा शनिबार एक ‘प्राइभेट इन्गेज्मन्ट’ समारोहको अायोजना गरी उनीहरूले अाफूहरू विवाहका लागि तयार रहेको घोषणा गरेका हुन् । सो अवसरमा प्रियंका र निक दुवैले परम्परागत र्इण्डियन पहिरन लगाएका थिए ।

तीन हप्ता अघिदेखि नै यो जोडीको ‘इन्गेज्मन्ट’को बारेमा चर्चा सुनिएपनि शनिबार मात्रै सो कुरा निश्चित भएको हो । तर उनीहरूको विवाहको मिति भने अझै तय भैसकेको छैन ।

दुवैले अा-अाफ्नो इन्स्टाग्राम पेजमा उही तस्वीरहरू पोष्ट गरेका छन् । निकले अाफ्नो पेजमा फोटो पोष्ट गर्दै प्रियंकालार्इ “भावी मिसेज जोनस”को संज्ञा दिएका छन् ।

प्रियंकाले बलिउडमा मात्र नभर्इ ‘क्वान्टिको’ नामक टिभी सिरिजमार्फत् हलिउडमा समेत प्रवेश गरेकी थिइन् । उक्त सिरिजबाहेक उनले ‘भेन्टिलेटर’, ‘बेवाच’ र ‘अ किड लाइक जेइक’ जस्ता हलिउड फिल्ममा अभिनय गरिसकेकी छिन् । उनी यसै वर्ष सम्पन्न बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीचको वैवाहिक कार्यक्रममा मेगन मार्कलको पाहुनाको रूपमा अामन्त्रित थिइन् ।

प्रियंकाभन्दा एक दशक उमेरले कान्छा गायक २५ वर्षीय निकले प्रियंकालार्इ लण्डनमा गत जुन महिनामा विवाहको लागि प्रस्ताव गरेको बताइएको छ ।

shares