Breaking News

राष्ट्रियसभाका संसदीय समिति सभापतिहरूको निर्वाचन कार्यतालिका हेरफेर

काठमाण्डौ, ३१ साउन । राष्ट्रियसभाका संसदीय समिति सभापतिहरूको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कारणबश मिति हेरफेर गर्नुपरेको जानकारी दिए ।

यसअघि भाद्र तीन गतेका लागि तोकिएको संसदीय समितिहरूको निर्वाचन १३ गतेका लागि सारिएको छ । तीन गतेका लागि तोकिएको निर्वाचनका लागि सचिवालयले तालिकासमेत सार्वजनिक गरेको थियो ।

त्यसअघि बैठकको विशेष समयमा बोल्दै सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रूपमा कर असुली गरेको भन्दै यसले जनतालाई थपभार परेको बताइन् ।

त्यस्तै सांसद बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माण र विद्यालय निर्माणमा सरकारको ध्यान नपुगेको गुनासो गरिन् । सांसद रामप्रीत पासवानले राजधानीका सडकको जीर्ण अवस्था निर्माणमा तदारुकता नदेखाएको बताए ।

बैठकमा राष्ट्रियसभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडित संरक्षण विधेयक २०७५ पेस गरेका गरे । राष्ट्रयसभाको अर्को बैठक भदौ ४ गते सोमबार बिहान ११ बजे बोलाइएको छ ।

shares