Breaking News

अाज घरघरमा नागको पूजा गरी नाग पञ्चमी मनाइयो

काठमाण्डौ, ३१ साउन । आज साउन शुक्ल पञ्चमी अर्थात नागपञ्चमी घरघरमा नागको पूजा गरिएको छ ।

आजको दिन घरमा नागका तस्वीर टाँसी सर्प, विच्छीको पूजा गरिन्छ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता छ ।

नागपञ्चमीमा नाग सर्पजस्ता विशालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने विश्वास गरिन्छ । नागपञ्चमीका अवसरमा काठमाडौंको नागपोखरीमा विशेष मेला लागेको छ । त्यस्तै ललितपुरस्थित धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका विभिन्न नागदहमा मेला लागेको छ ।

वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । आज अनन्त, वासुकी, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने विश्वास गरिन्छ ।

shares