Breaking News

चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफल सुरु

काठमाण्डौ, ३० साउन । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि दफावार छलफल सुरु भएको छ ।

विधेयकलाई छिटोभन्दा छिटो संसदमा पेश गर्नका लागि बुधबारदेखि समिति बैठकमा दफावार छलफल सुरु गरिएको हो । छलफलमा भाग लिंदै प्रतिपक्षी दलका सांसदहरूले चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारलाई स्पष्ट पार्दे विधेयकलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् भने सत्तारुढ दलका सांसदहरूले विधेयकलाई खुला छलफलमा लगी टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।

सरकारले डाक्टर गोविन्द केसीसँग साउन १० गते विधेयकमा २२ वटा संशोधन गर्ने सहमति गरेको थियो । डाक्टर केसीसँगको सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको दल नेकपाले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् भने प्रतिपक्षी काग्रेसका सांसदहरूले पनि संसोधन दर्ता गराएका छन् । विधेयकमा ४६ जना सांसदहरूले एक सय ३० वटा संशोधन परेका छन् ।

समितिको अर्को बैठक आइतबार बोलाइएको छ ।

shares