Breaking News

भाद्र १ र २ गते मिस्टर एभरेष्ट शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाण्डौ, ३० साउन । नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा भाद्र १ र २ गते मिस्टर एभरेष्ट शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपालभरिबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष दिनेश अमात्यले जानकारी दिए । पहिलो दिन प्रि जजिङ राउण्ड संचालन हुने र दोश्रो दिन फाइनल चरणको खेल राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा संचालन हुनेछ ।

प्रि जजिङ राउण्डको खेल ह्वाइट फिल्ड स्कुल खुशीबुमा संचालन हुनेछ । प्रतियोगितामा मेन्स बडिविल्डिङ र मेन्स फिजिक्स तथा वुमेन्स फिटनेसमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । मेन्स बडिविल्डिङ अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिको तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

मेन्स फिजिक्सतर्फ १ सय ७० सेन्टिमिटर हाइट र त्यो भन्दामाथि हाइट भएका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । यता महिला फिटनेशतर्फ १ सय ६० सेन्टिमिटर हाइट र त्यो भन्दामाथि हाइट भएका खेलाडीहरूबीच प्रतिस्पर्धा हुने संघका महासचिव अजय बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितामा ओभरअल विजेताले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न समूहका विजेतालाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको संघका महासचिव बज्राचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने खेलाडीले स्पेनमा हुने वल्र्ड च्याम्पियनसीपमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

shares